"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीको हो : महरा

प्रकाशित मिति :  30 January, 2023 5:28 pm


काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएका छन् ।

सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग नेता महराले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकारहरूसँगको कुराकानीमा उपाध्यक्ष महराले प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे निर्णय गर्ने भएकाले उक्त विषयलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकीरसमेत गरे ।

‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन । स्थायी कमिटीमा त्यो विषयमा पर्सि छलफल होला ।’

गत शुक्रबार सर्वोच्च अदालतको आदेशसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका छन् । तर पछिल्लो समय गृह मन्त्रालय प्रधानमन्त्री दाहालकै मातहतमा राखिएको छ ।

यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफै्नै लागि हुनुपर्ने अडान राख्दै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले यसअघि पत्रकारहरूसँग कुरा गर्दै गृह मन्त्रालय रास्वपाले पहिले नै पाइसकेकाले यसमा फेरि दाबी गरिरहन आवश्यक नरहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी