"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी संसदमा

प्रकाशित मिति :  १८ माघ २०७९, बुधबार १९:२४


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्रबारे  सदनलाई जानकारी गराउनुभएको हो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘सर्वोच्च अदालतको पत्रको चलानी नम्बर २७४०६, मुद्दा नम्बर ०७९ डब्ल्यु सी ००३५ को मिति २०७९ माघ १५ गते, युवराज पौडेल निवेदक भई दायर भएको रिट निवेदनबाट प्रतिनिधिसभा सदस्य भएका रवि लामिछानेले अमेरिकी नागरिकता विधिवत् त्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता प्राप्त गर्न प्रक्रिया पूरा नगरिएको हुँदा निजले प्रतिनिधि सभाको सदस्य रहन देखिन उपयुक्त नदेखिएकोले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन उपयुक्त नदेखिएकाले उम्मेदवार भई निर्वाचित भएको देखिएकाले निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने काम नेपालको संविधानको धारा ३३ को उपधारा २, ३ र धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुन्छ भन्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको कुरा प्रतिनिधिसभा नियमावली २०७५ नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’’

यसैगरी, बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन पेस गर्नुभएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री प्रचण्डलाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाउनुभयो । सभामुख घिमिरले चितवन क्षेत्र नं २ को सांसद पद रिक्त भएको ब्यहोरा बैठकमा जानकारी गराउनुभयो ।प्रतिनिधिसभाको अर्को बैठक यही माघ २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सांसदहरुले शिक्षकहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले २८ दिनदेखि सडक आन्दोलनमा रहेका बेला सरकार

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राजधानीमा भइरहेका विभिन्न प्रदर्शन, प्रदर्शन, मौलिक हकको कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

काठमाडौँ –  विद्यालय शिक्षा विधेयकमा सदन पेस हुनेबित्तिकै पारित गर्ने विषयमा सहमति भएको छ। सिंहदरबारमा बुधबार प्रमुख सचेतकहरूसँग सभामुख देवराज

काठमाडौँ – सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रूपान्तरणको  यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । उज्बेकिस्तानको