"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम नहोस् : सांसद बस्नेत

प्रकाशित मिति :  1 February, 2023 7:26 pm


काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित फेरि टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिनु भएको छ । सरकारका केही मन्त्रीहरुले सङ्घीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उहाँको यस्तो यस्तो धारणा राख्नु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरि नगर्न सचेत गराउनुभयो । उहाँले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पार्नुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘‘संसदमा यो विषयमा बहस एक हदसम्म स्वीकार्य पनि छ । सडकमा यसको बहस एक हदसम्म स्वीकार्य पनि होला । हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्वीकार गरेर अघि बढलान । सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याविनेट र क्याबिनेटका सदस्यहरुले  संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन । र, यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहून । यस्ता कुराहरुलाई सच्याईयोस् भन्ने कुरा सभामुख महोदयमार्फत राख्न चाहन्छु ।’’

सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भए पनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराउनु भयो । उहाँले परिवर्तनकारी शक्तिहरुलाई स्विकार गर्ने आँट नभएकाले पनि मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा भने परिवर्तन आउन नसकेको दाबी समेत गर्नु भयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले ‘होल्डिङ सेन्टर’ मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै