"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री रास्वपाले पाउने सहमति हो, त्यही अनुसार हुन्छ : ओली

प्रकाशित मिति :  2 February, 2023 1:10 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताएका छन् । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उनले त्यही सहमति अनुसार हुनुपर्ने उनको भनाइ छ ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा ओलीले भने, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’

प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’

उनले यो छलफल गर्नुपर्ने विषय नै नभएको बताए । ‘छलफल भइरहेको छ, तर खटपट छैन,’ ओलीले भने, ‘यो छलफल गर्नुपर्ने विषय पनि होइन ।’

राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय कसलाई दिने भन्ने विषयका कारण वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको ओलीले बताए । उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’

राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी कांग्रेसतिर ढल्किएको भनेर राखिएको जिज्ञासामा ओलीले माओवादीका केही नेताहरुले त्यसरी बोले पनि आफूलाई भने त्यस्तो नलागेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी