"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री रास्वपाले पाउने सहमति हो, त्यही अनुसार हुन्छ : ओली

प्रकाशित मिति :  2 February, 2023 1:10 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताएका छन् । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उनले त्यही सहमति अनुसार हुनुपर्ने उनको भनाइ छ ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा ओलीले भने, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’

प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’

उनले यो छलफल गर्नुपर्ने विषय नै नभएको बताए । ‘छलफल भइरहेको छ, तर खटपट छैन,’ ओलीले भने, ‘यो छलफल गर्नुपर्ने विषय पनि होइन ।’

राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय कसलाई दिने भन्ने विषयका कारण वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको ओलीले बताए । उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’

राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी कांग्रेसतिर ढल्किएको भनेर राखिएको जिज्ञासामा ओलीले माओवादीका केही नेताहरुले त्यसरी बोले पनि आफूलाई भने त्यस्तो नलागेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा