"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाको बैठक बस्दै, सरकार छोड्ने संकेत

प्रकाशित मिति :  2 February, 2023 3:57 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छोड्ने संकेत दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा साढे ४ बजेका लागि बोलाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए । सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताए । यसरी नसकिने रहेछ भनेर पार्टीमा छलफल हुन लागेको उनले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएको पनि ढकालले बताए । त्यसैले अब नयाँ शिराबाट अगाडि जान लागेको उनको भनाइ छ ।

यसैबीच सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् । “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला, उनले लेखेका छन्, मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।”



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा