"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले विपक्षी दलहरुसंग सिंहदरबारमा बैठक गर्दै

प्रकाशित मिति :  4 February, 2023 1:25 pm


काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरू भएको छ।

बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन्। राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ।  राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ भने राष्ट्रपति निर्वाचन फागुन २५ गतेका लागि तय भएको छ।

नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो। लामो समय देखि रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो। तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी