"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टेलिकमले 5G सेवाको परीक्षणको औपचारिक शुभारम्भ

प्रकाशित मिति :  5 February, 2023 3:24 pm


काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थालेको छ । १९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्दैछ ।

बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिएको छ । यो सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीले मात्रै गर्न पाउनेछन् ।

सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्युन भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्युन रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।

२६०० मेगाहर्ज ब्याण्ड अन्तरगत टेलिकमले फाइभजी सेवाको थालनी भएको हो । परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सार्वसाधाराणका लागि सेवा उपलब्ध गराएइने कम्पनीका एक अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण