"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा ओली : किन सर्वोच्चको फैसलामा प्रश्न उठादै रवि लामिछानेको बचाउ गरे ?

प्रकाशित मिति :  5 February, 2023 4:02 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ओलीले एउटा प्रक्रियागत त्रुटीका कारण रविको उपप्रधानसहित गृहमन्त्री र सांसद पद गुमेको बताए।

‘रवि लामिछानेसँग मेरो कुनै सांगठानिक र वैचारिक सम्बन्ध छैन। नाता-सम्बन्ध पनि छैन, उहाँ मेरो पार्टीको पनि होइन तर सर्वोच्च अदालतले उहाँका विषयमा गरेको फैसला मैले बुझ्न सकेको छैन।’ लामिछाने संसदको ढोका खुला देखेर संसदमा पसेका व्यक्ति नभएको ओलीले बताए।

‘निर्वाचन आयोगले उम्मेदवार हुन योग्य ठानेको र जनताले अत्याधिक मतसहित जिताएको व्यक्ति हो,’ ओलीले भने,‘एउटा प्रक्रियागत त्रुटीका कारण सबै गुम्यो र ठूलो धक्का लाग्यो।’ ओलीले सर्वोच्च अदालतको फैसलाले कसलाई न्याय भयो भन्ने कुरा आफूलाई थाहा नभएको बताए।

‘उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ? के अन्याय पर्‍यो उनलाई? असम्बन्धित व्यक्तिले उजुरी गरेको छ,’ ओलीले भने,‘यस फैसलाबाट कसले न्याय पायो  भन्ने मैले बुझिनँ? कसले मर्काबाट उन्मुक्ति पायो?’ उनले यो मुद्दामा रविले न्याय नपाएपछि कसले न्याय पायो भन्दै प्रश्न गरे।

‘प्रक्रियागत त्रुटीका कारणले सांसद गयो, पार्टी अध्यक्ष, सांसद, गृह मन्त्री गयो। रवि लामिछानेलाई न्याय भएन भने कसले न्याय पायो?, ओलीले भने,‘यो फैसला बुझिनसक्नु खालको लाग्यो। यसको कानुनी सिद्धान्त के हो? किन यस्तो फैसला गरेको होला?’

सर्वोच्चको फैसलाले गैरआवासीय नेपालीको नेपालम रहेको सम्पत्ति र लगानी के हुने भन्ने पनि अन्यौल भएको ओलीले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा