"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउछौँ : शेखर कोइराला

प्रकाशित मिति :  7 February, 2023 5:37 pm


चितवन  । कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले तय गरेको उम्मेदवारले जित्ने दाबी गरेका छन् । प्रेस युनियनको वाग्मती प्रदेश अधिवेशनलाई मंगलबार चितवनमा सम्बोधन गर्दै उनले राष्ट्रपति जिताउनका लागि अन्य दलहरुसँग कुरा भइरहेको उनले जानकारी दिए ।

‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिन्छ । कांग्रेसकै उम्मेदवाले जित्छ । तर त्यसको निम्ति हामीले अन्य दलहरुसँग पनि सहकार्य गर्नुपर्छ’ उनले भने,’यी कुरालाई हामी अघि बढाउँछौं । अन्य दलसँग सहमति गरी जिताउँछौं ।

उनले कांग्रेस ‘गभर्नमेन्ट इन वेटिङ’ हो भन्ने बुझ्न सत्तापक्षका दलहरुलाई आग्रह गरे । ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा जुन विषय आइरहेका छन् सत्तामा रहेका दलहरुले नेपाली कांग्रेसले भाँजो हाल्न खोज्यो भन्ने कुराहरु आएको छ । हामी ठूलो पार्टी हौं । सबैभन्दा धेरै सांसद हामीसँग छन् । हामी प्रतिपक्षमा छौैं। हामी गभर्नमेन्ट इन वेटिङ पनि हौं । यो कुरालाई सत्तापक्षका केही दलले बुझेर बुझपचाएको देखिन्छ’ उनले भने 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी