"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउछौँ : शेखर कोइराला

प्रकाशित मिति :  7 February, 2023 5:37 pm


चितवन  । कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले तय गरेको उम्मेदवारले जित्ने दाबी गरेका छन् । प्रेस युनियनको वाग्मती प्रदेश अधिवेशनलाई मंगलबार चितवनमा सम्बोधन गर्दै उनले राष्ट्रपति जिताउनका लागि अन्य दलहरुसँग कुरा भइरहेको उनले जानकारी दिए ।

‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिन्छ । कांग्रेसकै उम्मेदवाले जित्छ । तर त्यसको निम्ति हामीले अन्य दलहरुसँग पनि सहकार्य गर्नुपर्छ’ उनले भने,’यी कुरालाई हामी अघि बढाउँछौं । अन्य दलसँग सहमति गरी जिताउँछौं ।

उनले कांग्रेस ‘गभर्नमेन्ट इन वेटिङ’ हो भन्ने बुझ्न सत्तापक्षका दलहरुलाई आग्रह गरे । ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा जुन विषय आइरहेका छन् सत्तामा रहेका दलहरुले नेपाली कांग्रेसले भाँजो हाल्न खोज्यो भन्ने कुराहरु आएको छ । हामी ठूलो पार्टी हौं । सबैभन्दा धेरै सांसद हामीसँग छन् । हामी प्रतिपक्षमा छौैं। हामी गभर्नमेन्ट इन वेटिङ पनि हौं । यो कुरालाई सत्तापक्षका केही दलले बुझेर बुझपचाएको देखिन्छ’ उनले भने 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा