"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुखुरासहित सडकमा किसानको विरोध प्रदर्शन

प्रकाशित मिति :  7 February, 2023 6:30 pm


झापा । उचित मूल्य नपाएको भन्दै झापाका किसानले उत्पादित कुखुरासहित सडकमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडकमा अण्डा फालेरसमेत विरोध जनाएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा बिचौलियाका कारण बिक्री नभएको उनीहरुको आरोप छ ।

जिल्लाभरका अण्डा उत्पादक, कुखुरा पालक, बाख्रा पालकसहितका किसान आन्दोलित भएका हुन् । उनीहरूले मंगलबार दिउँसो बिर्तामोडको मुक्तिचोकमा नाराबाजी गर्दै विरोध जनाएका हुन् । उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए ।

झापामा दैनिक एक हजार ५ सय कार्टुन अण्डा उत्पादन हुन्छ । तर, खपत जिल्लामा मात्र दैनिक ३ हजार कार्टुनभन्दा बढी रहेको मेचीनगर नगरपालिका २ का किसान चुडामणि (सीएम) मगरले जानकारी दिए ।

‘बजारको मागभन्दा आधा पनि उत्पादन छैन । तर पनि हाम्रो उत्पादन बिक्री हुँदैन,’ मगरले भने,‘त्यसमा पनि बिचौलियाका कारण हामीले उचित मूल्य पाउन सकेका छैनौं ।’ उनका अनुसार बजारमा उपभोक्ताले अण्डा प्रतिगोटा १५ रुपैयाँमा खरिद गर्नुपर्छ । किसानले भने प्रतिगोटा ८ रुपैयाँका दरले मात्र बिक्री गर्ने गरेको उनले बताए ।

‘दानाको भाउ बढेर खप्नै नसक्ने अवस्थामा पुगेका छौं,’ दमकका किसान देवेन्द्र प्रसाईंले भने,‘एक वर्षअघि २७ सयमा पाउने एक बोरा दानाको दाम अहिले ३६ सय पुगेको छ । तर, हाम्रो अण्डाको मूल्य एक वर्षअघि पनि २८ सय रुपैयाँ प्रतिकार्टुन थियो । अहिले पनि त्यही मूल्य छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय