"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुखुरासहित सडकमा किसानको विरोध प्रदर्शन

प्रकाशित मिति :  7 February, 2023 6:30 pm


झापा । उचित मूल्य नपाएको भन्दै झापाका किसानले उत्पादित कुखुरासहित सडकमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडकमा अण्डा फालेरसमेत विरोध जनाएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा बिचौलियाका कारण बिक्री नभएको उनीहरुको आरोप छ ।

जिल्लाभरका अण्डा उत्पादक, कुखुरा पालक, बाख्रा पालकसहितका किसान आन्दोलित भएका हुन् । उनीहरूले मंगलबार दिउँसो बिर्तामोडको मुक्तिचोकमा नाराबाजी गर्दै विरोध जनाएका हुन् । उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए ।

झापामा दैनिक एक हजार ५ सय कार्टुन अण्डा उत्पादन हुन्छ । तर, खपत जिल्लामा मात्र दैनिक ३ हजार कार्टुनभन्दा बढी रहेको मेचीनगर नगरपालिका २ का किसान चुडामणि (सीएम) मगरले जानकारी दिए ।

‘बजारको मागभन्दा आधा पनि उत्पादन छैन । तर पनि हाम्रो उत्पादन बिक्री हुँदैन,’ मगरले भने,‘त्यसमा पनि बिचौलियाका कारण हामीले उचित मूल्य पाउन सकेका छैनौं ।’ उनका अनुसार बजारमा उपभोक्ताले अण्डा प्रतिगोटा १५ रुपैयाँमा खरिद गर्नुपर्छ । किसानले भने प्रतिगोटा ८ रुपैयाँका दरले मात्र बिक्री गर्ने गरेको उनले बताए ।

‘दानाको भाउ बढेर खप्नै नसक्ने अवस्थामा पुगेका छौं,’ दमकका किसान देवेन्द्र प्रसाईंले भने,‘एक वर्षअघि २७ सयमा पाउने एक बोरा दानाको दाम अहिले ३६ सय पुगेको छ । तर, हाम्रो अण्डाको मूल्य एक वर्षअघि पनि २८ सय रुपैयाँ प्रतिकार्टुन थियो । अहिले पनि त्यही मूल्य छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक