"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगन थापाले भने लोकतन्त्रमा के प्रश्न नै गर्न नपाईने हो ?

प्रकाशित मिति :  8 February, 2023 3:10 pm


काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने बताए । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उनले लोकतन्त्रमा प्रेस फ्रिडम र अभिव्यक्ति स्वतन्त्रताको आफ्नै महत्त्व हुने बताए । ‘प्रेस यो व्यवस्थाको अभिन्न अंग हो । यसमा राम्रा अभ्यास पनि छन्, समस्या पनि छन् । २०६२/०६३ को आन्दोलनमा हामीले प्रेसलाई आठौँ दलको रुपमा पनि भन्थ्यौँ,’ उनले भने, ‘तर लोकतन्त्रलाई यहाँसम्म ल्याउने कुरामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका छ । म पनि भन्छु, नेपालको प्रेसले पनि आफ्नोभित्र प्रश्न गरोस्, सुधारहरू पनि गरोस् । तर, प्रेसलाई हामीले ब्ल्याङ्केट डिसक्रेडिट गर्‍यौँ भने त्यसले लोकतन्त्रमाथि नै खतरा पैदा हुन्छ ।’

उनले प्रेस र राजनीतिक दल, नेताका बीचमा एकले अर्काको सुधारको अपेक्षा गर्नु उपयुक्त हुने बताए ।

‘हामीले एकअर्कासँग सुधारको अपेक्षा गर्नु ठीक छ । तर‚ एकले अर्कालाई देखाइदिन्छु भनेर केही हुनेवाला छैन । कसैले केही लेख्यो भनेर पख्लास् भन्नुको अर्थ छैन । प्रेसको स्वतन्त्रता हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘प्रेसको फ्रिडमलाई हामीले ख्याल गर्नुपर्ने हुन्छ । प्रेसको फेयर हामीलाई पनि हुनुहुँदैन, र हामीले पनि देखाउनुहुँदैन । विधिको शासनमा प्रेसको आफ्नै स्थान हुन्छ ।’

उनले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको समेत आफ्नै स्थान हुने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा