"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै

प्रकाशित मिति :  9 February, 2023 1:00 pm


काठमाडौं ।  सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ। सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरण शर्माले जानकारी दिए। 

बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि आज संयन्त्रको बैठक बोलाइएको हो। आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिने विश्वासको मत, राष्ट्रपतिको उम्मेदवार, मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीति मुख्य एजेण्डा रहेका छन्। 

मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो। रावलले पुस २७ गते मुख्यमन्त्री पदको शपथ लिएका थिए। तर, गठबन्धन दल नाउपा बिहीबार बिहानसम्म पनि अनिर्णीत छ। नाउपा अध्यक्ष रञ्जिता चौधरीले आफ्नो बटमलाइन रेशम चौधरीको रिहाइ भएको बताउँदै आएकी छिन्। नाउपा मत नदिए रावल नेतृत्वको सरकार ढल्नेछ।

यस्तै गत पुष १० गते राष्ट्रपति एमालेले पाउने सहमति भएपनि माओवादी केन्द्रले राष्ट्रिय सहमति भन्दै कांग्रेस लगायत विपक्षदलसँग छलफल गर्ने बताएपछि गठबन्धनभित्र शंका उत्पन्न भएको छ। राष्ट्रपति पदको निर्वाचन फागुन २५ निर्धारण गरिएको छ। 

सरकारबाट रास्वपाका मन्त्रीले राजीनामा दिएपछि गृह, शिक्षा, श्रम मन्त्रालय प्रधानमन्त्री आफैँले जिम्मेवारी लिएका छन्। वन र खेलकुद मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्न बाँकी रहेको छ।

नयाँ सत्ता समीकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, नाउपा, जनमत, जसपा छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा