"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै

प्रकाशित मिति :  9 February, 2023 1:00 pm


काठमाडौं ।  सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ। सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरण शर्माले जानकारी दिए। 

बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि आज संयन्त्रको बैठक बोलाइएको हो। आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिने विश्वासको मत, राष्ट्रपतिको उम्मेदवार, मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीति मुख्य एजेण्डा रहेका छन्। 

मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो। रावलले पुस २७ गते मुख्यमन्त्री पदको शपथ लिएका थिए। तर, गठबन्धन दल नाउपा बिहीबार बिहानसम्म पनि अनिर्णीत छ। नाउपा अध्यक्ष रञ्जिता चौधरीले आफ्नो बटमलाइन रेशम चौधरीको रिहाइ भएको बताउँदै आएकी छिन्। नाउपा मत नदिए रावल नेतृत्वको सरकार ढल्नेछ।

यस्तै गत पुष १० गते राष्ट्रपति एमालेले पाउने सहमति भएपनि माओवादी केन्द्रले राष्ट्रिय सहमति भन्दै कांग्रेस लगायत विपक्षदलसँग छलफल गर्ने बताएपछि गठबन्धनभित्र शंका उत्पन्न भएको छ। राष्ट्रपति पदको निर्वाचन फागुन २५ निर्धारण गरिएको छ। 

सरकारबाट रास्वपाका मन्त्रीले राजीनामा दिएपछि गृह, शिक्षा, श्रम मन्त्रालय प्रधानमन्त्री आफैँले जिम्मेवारी लिएका छन्। वन र खेलकुद मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्न बाँकी रहेको छ।

नयाँ सत्ता समीकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, नाउपा, जनमत, जसपा छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी