"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने

प्रकाशित मिति :  9 February, 2023 7:13 pm


काठमाडौँ । नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा  थप गर्ने नेताहरूको भनाइ छ ।

बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टीको संगठनमा ऊर्जा थप गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँमा केन्द्रीत भएर संगठन गर्न निर्देशनसहित ११ वटा कार्यादेश तोकेर जिम्मेवारी दिइएको छ ।

अभियानको फागुन ५ गते सात वटै प्रदेशमा अभियानमा खटिने नेताहरूलाई अभिमुखीकरण गरेर थालनी गरिनेछ । उनले पार्टीको संगठन सुदृढीकरणको दुई महिने अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिइएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा