"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने

प्रकाशित मिति :  9 February, 2023 7:13 pm


काठमाडौँ । नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा  थप गर्ने नेताहरूको भनाइ छ ।

बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टीको संगठनमा ऊर्जा थप गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँमा केन्द्रीत भएर संगठन गर्न निर्देशनसहित ११ वटा कार्यादेश तोकेर जिम्मेवारी दिइएको छ ।

अभियानको फागुन ५ गते सात वटै प्रदेशमा अभियानमा खटिने नेताहरूलाई अभिमुखीकरण गरेर थालनी गरिनेछ । उनले पार्टीको संगठन सुदृढीकरणको दुई महिने अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिइएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी