"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्न आवश्यक : गगन थापा

प्रकाशित मिति :  11 February, 2023 6:40 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले चिकित्सकमाथि भएको आक्रमणको विरोध गरेका छन् । यस्ता आक्रमण अशोभनीय र दुःखद भएको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेका छन् ।

तामझामवाला शैलीका कारण राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको उल्लेख गर्दै थापाले यसलाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्न आवश्यक रहेको जिकिर गरेका छन् ।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन् । भिआइपी सवारीका नाममा सडक खाली गराएर नागरिकलाई सास्ती दिने यस्ता शैलीको विरोध भए पनि छिट्टै बिर्सने भन्दै थापाले यस्ता कार्य दोहोरिन नदिन सरकारलाई फेसबुकमार्फत दुई सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा