"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको बजेट संशोधन : कुल बजेट साढे २ खर्बले घट्यो, ८ प्रतिशतको लक्ष्य पूरा नहुने

प्रकाशित मिति :  12 February, 2023 4:14 pm


काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसद बैठकमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका छन् ।

यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताएका छन् ।

उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका हुन् । धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलले बताए ।

बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा