"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नयाँढंगले एकतावद्ध भएर अगाडी बढ्न प्रधानमन्त्री प्रचण्डको जोड

प्रकाशित मिति :  13 February, 2023 10:41 am


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बनाएर जाने बताएका छन्।

‘जनयुद्ध दिवस’ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले छिट्टै हुने पार्टी एकताले ऊर्जा दिने बताए। उनले विभिन्न समूहमा रहेका माओवादीहरूलाई पुन: एक बनाउने पहल भइरहेको संकेत गरेका छन्।

‘सबै माओवादी धाराका विभिन्न समूहलाई अब एकताबद्ध भएर फेरि सामाजिक न्याय र रूपान्तरणका निम्ति अपिल गर्न चाहन्छु,’ उनले भने, ‘यो हामी सबैको निम्ति खुसीको कुरा हो, केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ। सबैले आ-आफ्नो ढंगले त्यो एकता प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन्।’

उनले धेरै समूहका नेतृत्वसँग आफूले लगातार छलफल गरिरहेको बताए। ‘मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ र त्यसले आम माओवादी नेता कार्यकर्ता र जनतालाई पनि फेरि एकपटक नयाँ ढंगले उत्साहित र संगठित हुने वातावरण बन्नेछ।’

उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका मोर्चासँग पनि समाजवादी मोर्चा बनाएर जाने विषयमा कुराकानी भइरहेको बताए। यसबारे सैद्धान्तिक सहमतिसमेत बनेको प्रचण्डको भनाइ थियो। ‘समाजवादी मोर्चा विकल्पको रूपमा आउनेछ,’ उनले भने।

उनले ‘जनयुद्ध दिवस’ मा ढिलै भए पनि सरकारले बिदा दिएको र यो सहिदप्रति सम्मान र परिवर्तनका लागि संकल्प भएको तर्क गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा