"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले सरकार ढाल्ने षडयन्त्र गरिरहेको छ : अध्यक्ष ओली

प्रकाशित मिति :  13 February, 2023 2:52 pm


झापा । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरूलाई पनि गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताए । कांग्रेसलाई लक्षीत गर्दै अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उनको भनाइ छ ।

आइतबार गृहनगर झापाको दमकमा आएका ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको बताए । सो षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश नहुन आग्रह पनि गरे । देशलाई अघि बढाउने र विकास पक्षधर शक्ति पनि सरकारमा भएकाले निराश हुनुपर्दैन, ओलीले भने । यो सरकारले जनभावनाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने अध्यक्ष ओलीले प्रष्ट पारेका थिए ।

आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धलगायतका समस्या समाधान गर्दै लैजाने ओलीले बताए । कृषिको आधुनिकीकरण, रोजगार सिर्जनालगायतका विषयमा पनि आफ्नो ध्यान गएको उनले बताए ।

आइतबार अपराह्न झापा आएका ओलीले अबेरसम्म विभिन्न कार्यक्रममा सहभागी भए । आइतबार बेलुका अबेर दमकमा भइरहेको एक धार्मिक अनुष्ठानमा समेत सहभागी भए ।

झापाको गौरादह –४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उनले उद्घाटन गरे । यसैगरी आफ्नै निर्वाचन क्षेत्रको कटकपुर–खयरबारी चाँदु खोलाको पुल उद्घाटन र एक धार्मिक कार्यक्रममा सहभागी भएको एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा