"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

को हुन् रास्वपाका १६ जना नयाँ केन्द्रीय सदस्य

प्रकाशित मिति :  14 February, 2023 12:49 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो। 

१६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ। यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए।

रास्वपाले अहिले केन्द्रीय सदस्य नभएका तर सांसद रहेकाहरूलाई भने केन्द्रीय समितिमा ल्याएको छैन।  

आजको बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा