"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिमा कांग्रेस उमेदवारलाई सघाउने माओवादीको संकेत

प्रकाशित मिति :  15 February, 2023 1:08 pm


काठमाडौँ । राष्ट्रपतिमा कांग्रेस उमेदवारलाई सघाउने माओवादीको संकेत देखिएको छ । नेकपा एमाले, राप्रपा र रास्वपाको समर्थनबाट बनेको माओवादी नेतृत्वको सत्ता साझेदारी सरकारले कांग्रेसको उमेदवारलाई सगाउने अन्तिम चरणमा पुगेको बुझिन्छ ।नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने भएको छ।

वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको हो।

यो निर्णय स्थायी कमिटीको बैठक बोलाएर केहीदिनमै गर्ने माओवादीका एक उच्च नेताले सञ्चार माध्यमलाई बताए। ‘बैठकको दिन त तोकिएको छैन तर फागुन १० वरिपरि औपचारिक निर्णय आउला,’ उनले भने। स्थायी कमिटीको बैठक अघि पदाधिकारीको बैठक बस्न सक्ने पनि उनले बताए। राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुरा लगभग तय भएको माओवादीका अर्का नेताले पनि पुष्टि गरे।

कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा मत दिने भनेर किटेर निर्णय आउन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यो बेला निर्णय कसरी लेखिएला थाहा छैन। तर कांग्रेसलाई मत दिने भनेर आए पनि, राष्ट्रिय सहमतिका लागि भनेर आए पनि त्यसको सार एउटै हो।’

राष्ट्रपतिमा अब कांग्रेससँग मिलेर जानेमा आफ्नो दलभित्र कुनै ‘कन्फ्युजन’ नरहेको उनले बताए। राष्ट्रपतिका लागि राजनीति बाहिरको मानिस आउन सक्ने चर्चा चलेप नि उनले त्यसो हुन सम्भव नभएको उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा