"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डलाई जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले गराए ध्यानाकर्षण

प्रकाशित मिति :  17 February, 2023 11:43 am


काठमाडौं ।  राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आज बिहान ज्ञापन पत्र बुझाएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको संयुक्त टोलीले शुक्रबार बिहान बालुवाटार पुगेर प्रचण्डलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको हो।

जनमोर्चाले गणतन्त्र, राष्ट्रियता लगायत समसामयिक विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो। टोलीमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट लगायतका नेता सहभागी छन्। 

अध्यक्ष केसीले मूल्यवृद्धि निरन्तर भएपनि सरकारले अनुगमन तथा नियन्त्रणमा उदासिन भएको बताएका छन्। जवाफमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर भएर लागिरहेको बताएको बालुवाटार स्रोतले जनाएको छ।

गत निर्वाचनमा पाँच दलीय गठबन्धनबाट निर्वाचन लडेको जनमोर्चा नयाँ सत्ता समीकरण बनेपछि सरकारमा सहभागी भएको छैन। प्रचण्डले विश्वासको मत लिँदा जनमोर्चा र नेमकिमाले विपक्षमा मतदान गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी