"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डलाई जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले गराए ध्यानाकर्षण

प्रकाशित मिति :  17 February, 2023 11:43 am


काठमाडौं ।  राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आज बिहान ज्ञापन पत्र बुझाएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको संयुक्त टोलीले शुक्रबार बिहान बालुवाटार पुगेर प्रचण्डलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको हो।

जनमोर्चाले गणतन्त्र, राष्ट्रियता लगायत समसामयिक विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो। टोलीमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट लगायतका नेता सहभागी छन्। 

अध्यक्ष केसीले मूल्यवृद्धि निरन्तर भएपनि सरकारले अनुगमन तथा नियन्त्रणमा उदासिन भएको बताएका छन्। जवाफमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर भएर लागिरहेको बताएको बालुवाटार स्रोतले जनाएको छ।

गत निर्वाचनमा पाँच दलीय गठबन्धनबाट निर्वाचन लडेको जनमोर्चा नयाँ सत्ता समीकरण बनेपछि सरकारमा सहभागी भएको छैन। प्रचण्डले विश्वासको मत लिँदा जनमोर्चा र नेमकिमाले विपक्षमा मतदान गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा