"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति उमेदवारीबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति :  20 February, 2023 4:24 pm


काठमाडौँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४:३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भइरहेका छलफलको जानकारी गराउने उनले बताए। 

‘राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न पाँच दिन बाँकी छ, सोही सन्दर्भमा अध्यक्षले बैठकबाट ‘म्यान्डेड’ लिन खोज्नुभएको हो,’ उनले भने, ‘बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल हुन्छ।’ 

राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरू आन्तरिक छलफलमा जुटिरहेका छन्। माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ। यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयनकाे मिति तोकिएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी