"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा बस्दै

प्रकाशित मिति :  23 February, 2023 11:34 am


काठमाडौं । राष्ट्रपति उम्मेदवार तय गर्न नेपाली कांग्रेसले बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका हुन्।

देउवा निवास धुम्बाराहीमा आज बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने सभापति देउवाको सचिवालयले जानकारी दिएको छ। राष्ट्रपति उम्मेदवार हुन वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरूले आकांक्षा देखाएका छन्।

कसलाई राष्ट्रपति उम्मेदवार बनाउने भन्नेबारे सुझाव लिन सभापति देउवाले बैठक राखेका हुन्। सकेसम्म आजै उम्मेदवार तय गर्ने गरी छलफल गरिने बताइएको छ। फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

कांग्रेसले चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँत्याएर राष्ट्रपति आफूले लिन खोजेको छ। सभापति देउवासहित नेताहरूले बुधबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यसबारे कुराकानी गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा