"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिको उम्मेदवार : कांग्रेस र एमालेले भोली टुङ्गो लगाउने

प्रकाशित मिति :  24 February, 2023 12:08 pm


काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख राजनीतिक दलहरू आन्तरिक बैठक र छलफलमा जुटेका छन् ।  राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने सयम आउन एक दिन मात्रै बाँकी रहँदा दलहरूले आन्तरिक र अन्तर पार्टी छलफललाई तीव्रता दिएका हुन् । निर्वाचन आयोगले राष्ट्रपतिका लागि उम्मेदवारी दिन फागुन १३ गते शनिवार १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । 

तर, एक दिन अघिसम्म पनि प्रमुख राजनीतिक दलहरूले राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । शुक्रबार बिहान नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता राष्ट्रपतिको उम्मेदवार तय गर्न छलफलमा जुटेका छन् । उनीहरुबीच पुरानो गठबन्धन व्युत्याउने वा एमालेले समेत सिफारिस गरेका माधव नेपालको नाममा राष्ट्रपतिमा सहमति जुटाउने भन्नेबारे छलफल भइरहेको छ । 

यता राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएको संसद्को ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउन शनिवार बिहान बैठक बोलाएका छन् ।  कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो भने एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको हो । कांग्रेसले  शनिवार विहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उक्त बैठकमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई सहभागी हुन सुचना जारी गरेको छ । त्यसैगरी नेकपा एमालेले शनिवार बिहान नौ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक आहान गरेको छ । उक्त बैठकको एकमात्र एजेण्डा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने रहेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । त्यसैगरी राप्रपाले पनि राष्ट्रपतिका बारेमा छलफल गर्न आजै शुक्रबार बैठक बोलाएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न शुक्रबार साढे १२ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको बताए । 

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडानमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहँदै आएका छन् । तर प्रधानमन्त्री प्रचण्डको अडानमा कांग्रेस र एमालेले आआफ्नै उम्मेदवारमा सहमति जुटे ठिक र नजुटे फरक फरक उम्मेदवार उठाउने बताइरहेका छन् । यसै सन्दर्भमा आजै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि संवाद हुदैछ । आज हुने ओली र प्रचण्डबीचको संवादपछि राष्ट्रपतिमा को को उम्मेदवार बन्ने भन्ने टुङ्गो लाग्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा