"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिको उम्मेदवार : कांग्रेस र एमालेले भोली टुङ्गो लगाउने

प्रकाशित मिति :  24 February, 2023 12:08 pm


काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख राजनीतिक दलहरू आन्तरिक बैठक र छलफलमा जुटेका छन् ।  राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने सयम आउन एक दिन मात्रै बाँकी रहँदा दलहरूले आन्तरिक र अन्तर पार्टी छलफललाई तीव्रता दिएका हुन् । निर्वाचन आयोगले राष्ट्रपतिका लागि उम्मेदवारी दिन फागुन १३ गते शनिवार १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । 

तर, एक दिन अघिसम्म पनि प्रमुख राजनीतिक दलहरूले राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । शुक्रबार बिहान नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता राष्ट्रपतिको उम्मेदवार तय गर्न छलफलमा जुटेका छन् । उनीहरुबीच पुरानो गठबन्धन व्युत्याउने वा एमालेले समेत सिफारिस गरेका माधव नेपालको नाममा राष्ट्रपतिमा सहमति जुटाउने भन्नेबारे छलफल भइरहेको छ । 

यता राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएको संसद्को ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउन शनिवार बिहान बैठक बोलाएका छन् ।  कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो भने एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको हो । कांग्रेसले  शनिवार विहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उक्त बैठकमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई सहभागी हुन सुचना जारी गरेको छ । त्यसैगरी नेकपा एमालेले शनिवार बिहान नौ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक आहान गरेको छ । उक्त बैठकको एकमात्र एजेण्डा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने रहेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । त्यसैगरी राप्रपाले पनि राष्ट्रपतिका बारेमा छलफल गर्न आजै शुक्रबार बैठक बोलाएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न शुक्रबार साढे १२ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको बताए । 

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडानमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहँदै आएका छन् । तर प्रधानमन्त्री प्रचण्डको अडानमा कांग्रेस र एमालेले आआफ्नै उम्मेदवारमा सहमति जुटे ठिक र नजुटे फरक फरक उम्मेदवार उठाउने बताइरहेका छन् । यसै सन्दर्भमा आजै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि संवाद हुदैछ । आज हुने ओली र प्रचण्डबीचको संवादपछि राष्ट्रपतिमा को को उम्मेदवार बन्ने भन्ने टुङ्गो लाग्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे