"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सहमतिका आधारमा अगाडि जाने बाटो खोजौं : जनार्दन शर्मा

प्रकाशित मिति :  24 February, 2023 6:25 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संवैधानिक राष्ट्रपतिलाई कार्यकारी जस्तो बनाएर बहस गर्नु दुःखद भएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै शर्माले एजेण्डामा सहमति गरेर त्यसका अमधारमा संरचना र पदहरुको बाँडफाँट गर्नुपर्ने बताए । उनले भने, ‘राष्ट्रिय सहमतिका आधारमा अगाडि जाने बाटो खोजौं ।’

उनले संघीयता कार्यान्वयन गर्न स्थानीय तहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । प्रदेश भएकै कारण केही बजेट प्राप्त गरे पनि प्रशासनीक संघीयता कार्यान्वयन हुन नसकेको भन्दै उनले प्रदेशलाई परिणाममुखी बनाउनुपर्ने बताए ।

संघीय संसदले बनाउनुपर्ने ऐन कानुन बनन्दा प्रदेशहरुले सास्ती भोग्नु परेको र संविधानअनुसार अधिकार समेत हस्तान्तरण गर्न नसकेको भन्दै माओवादी सांसद शर्माले यसबारे छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

उनले राष्ट्रपतिका लागि नेकपा एमाले, कांग्रेसलगायत अन्य दलहरूले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए। 

उनले राजनीतिक खिचातानी, लडाइँ लडेर नभई अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताए। सांसद शर्माले आज साँझ बस्ने माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दलहरूको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले ‘होल्डिङ सेन्टर’ मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै