"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित

प्रकाशित मिति :  24 February, 2023 6:41 pm


काठमाडौँ । गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८ माथि सांसदहरुले धारणा राख्ने क्रममा सभाहल लगभग खाली अवस्थमा थियो । सांसद संख्या थोरै देखेपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले बिधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपुरक संख्या नभएको बताए । 

सांसद लेखकले सो कुरा उठाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिका सचिवलाई ३ मिनेट घण्टी बजाएर संख्या एकिन गर्न निर्देशन दिए ।  सांसदहरुको गणना गर्दा एक चौथाई सांसद पनि सभाहलमा नरहेको पाइयो । गणपुरक अर्थात एक चौथाई सांसद ६९ जना हुनुपर्नेमा सो भन्दापनि १९ जना कम ५० जनामा मात्र भएकोले सभा स्थगित गरे । उनले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले ‘होल्डिङ सेन्टर’ मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै