"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर : उपमहासचिव प्रदीप ज्ञवाली

प्रकाशित मिति :  24 February, 2023 10:17 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

‘राजनीति भनेको भागबण्डा मात्रै हो, र त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको छ’, ज्ञवाली भन्छन् । पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको उनी बताउँछन् ।

‘कतिपय नेताको विश्वासनीयतामाथि प्रश्न उठेको छ । यसले राजनीतिमा बितृष्ण जोगाउने कार्यलाई नै मद्दत पुग्छ’, ज्ञवाली भन्छन् । प्रचण्डले गठबन्धन बदल्ने निर्णय गर्नुलाई बाह्य शक्तिको दबावका रुपमा समेत बुझ्नुपर्ने उनको तर्क छ ।

‘जस्तो भूराजनीतिक दबावबारे चर्चा भइरहेको थियो । अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ’, उनी भन्छन् ।

सरकारको नेतृत्व गरिररहेको माओवादी केन्द्रले गठबन्धन बदलेपछि विकसित परिस्थितिबारे भोलि बस्ने सचिवालय बैठकबाट निर्णय हुने उपमहासचिव ज्ञवालीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे