"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताको राष्ट्रपति संविधानको संरक्षक भएर काम गर्ने छु : सुवास नेम्वाङ

प्रकाशित मिति :  25 February, 2023 2:57 pm


काठमाडौँ ।  नेकपा एमालेका राष्ट्रपतिमा उम्मेदवारी दिएका सुवास नेम्वाङले संविधानको संरक्षक भएर काम गर्ने बताएका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले अहिले जनताका छोराछोरी राष्ट्राध्यक्ष हुने व्यवस्था रहेको समेत बताए । 

पहिले कुनै निश्चित कुल घरानाका निश्चित व्यक्ति मात्र शासक हुने व्यवस्था भए पनि अहिले भने जनताको राष्ट्रपति हुने व्यवस्था आफूहरूले ल्याएको उनले बताए । उनले भने, ‘गणतन्त्र स्थापना हुनुअघि निश्चित कुलमा जेठो छोराका रूपमा जन्मेर शासक हुने राष्ट्राध्यक्ष हुने व्यवस्था थियो । तर हामीले बनाएको संविधानअनुसार जुनसुकै कुलघरानामा जन्मिएका छोरा वा छोरी पनि राष्ट्रपति हुने व्यवस्था गरेका छौँ । अर्थात जनताको राष्ट्रपति हुने व्यवस्था गरेका छौँ ।’

जनताको राष्ट्रपति अनुभुत हुनेगरी आफूले काम गर्ने पनि नेम्वाङले प्रतिबद्धता जनाए । उनले भने, ‘प्रतिस्पर्धालाई सम्मान गर्छु । राष्ट्रपतिको निर्वाचनमा म सम्मानका साथ अगाडि बढेको छु । हिजो ३१ वटा राजनीतिक दलबाट निर्विकल्प संविधानसभा अध्यक्षको भूमिका निर्वाह पनि गरेको छु । अहिले संविधानको संरक्षक हुने मौका अवसर पाएको छु । त्यो अवसरलाई लिएर म अग्रसर भएको छु । त्यसलाई म इमान्दारितासाथ पालना गर्नेछु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा