"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताको राष्ट्रपति संविधानको संरक्षक भएर काम गर्ने छु : सुवास नेम्वाङ

प्रकाशित मिति :  25 February, 2023 2:57 pm


काठमाडौँ ।  नेकपा एमालेका राष्ट्रपतिमा उम्मेदवारी दिएका सुवास नेम्वाङले संविधानको संरक्षक भएर काम गर्ने बताएका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले अहिले जनताका छोराछोरी राष्ट्राध्यक्ष हुने व्यवस्था रहेको समेत बताए । 

पहिले कुनै निश्चित कुल घरानाका निश्चित व्यक्ति मात्र शासक हुने व्यवस्था भए पनि अहिले भने जनताको राष्ट्रपति हुने व्यवस्था आफूहरूले ल्याएको उनले बताए । उनले भने, ‘गणतन्त्र स्थापना हुनुअघि निश्चित कुलमा जेठो छोराका रूपमा जन्मेर शासक हुने राष्ट्राध्यक्ष हुने व्यवस्था थियो । तर हामीले बनाएको संविधानअनुसार जुनसुकै कुलघरानामा जन्मिएका छोरा वा छोरी पनि राष्ट्रपति हुने व्यवस्था गरेका छौँ । अर्थात जनताको राष्ट्रपति हुने व्यवस्था गरेका छौँ ।’

जनताको राष्ट्रपति अनुभुत हुनेगरी आफूले काम गर्ने पनि नेम्वाङले प्रतिबद्धता जनाए । उनले भने, ‘प्रतिस्पर्धालाई सम्मान गर्छु । राष्ट्रपतिको निर्वाचनमा म सम्मानका साथ अगाडि बढेको छु । हिजो ३१ वटा राजनीतिक दलबाट निर्विकल्प संविधानसभा अध्यक्षको भूमिका निर्वाह पनि गरेको छु । अहिले संविधानको संरक्षक हुने मौका अवसर पाएको छु । त्यो अवसरलाई लिएर म अग्रसर भएको छु । त्यसलाई म इमान्दारितासाथ पालना गर्नेछु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे