"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आठ दलीय समझदारी सिंगो राष्ट्रकै सहमति हो : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  25 February, 2023 6:47 pm


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार ८ दलहरूबीच राष्ट्रपतिका लागि गरिएको सहमति ८ दलको मात्रै नभएर सिंगो राष्ट्रकै सहमति भएको बताएका छन् ।

रामचन्द्र पौडेलले नेपाली राजनीतिमा खेलेको भूमिकाको सम्मान गर्दै उनले पौडेल उपयुक्त उम्मेदवार रहेको पनि बताए । विगतमा भएका सहमति र सहकार्यमा नेता पौडेलको भूमिकाको उनले प्रसंसा गरेका थिए ।

यस क्रममा उनले शुक्रबारको सहमतिलाई संकेत गर्दै नयाँ यात्रा सुरु भएको बताएका थिए । हालै तयार भएको नयाँ परिस्थितिसँगै एमाले प्रतिपक्षमा जाने पनि दाहालले बताए । राप्रपाका मन्त्रीहरूले राजीनामा दिएको र त्यो स्वीकृत हुने पनि उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय बनेको संकेत गर्दै उनका गतिविधि र भूमिकाप्रति आपत्ति जनाएका थिए ।

शुक्रबार मात्रै कांग्रेस र माओवादी केन्द्रसहित ८ दलहरूबीच आगामी राष्ट्रपतिका लागि नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति तयार भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार राष्ट्रपतिमा मनोनयन दर्ता गराइसकेका छन् । नेकपा एमालेको तर्फबाट भने सुवास नेम्वाङले राष्ट्रपतिमा मनोनयन दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा