"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको निर्णय : सरकारबाट बाहिरिने समर्थन पनि फिर्ता लिने

प्रकाशित मिति :  27 February, 2023 2:15 pm


काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय भएकाे बताए । उनले भने, ‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामी विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ ।’

पुस १० मा भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको र उनले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको पौडेलले बताए । सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरूलाई बर्खास्त गर्ने वा विनाविभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा