"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन कायमै

प्रकाशित मिति :  27 February, 2023 2:32 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन ।

बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । ‘अहिलेसम्म हाम्रो निर्णय त्यही हो’ उनले भने ।

१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

यो गठबन्धनमा रहेको जसपा, जनमत र नागरिक उन्मुक्तिसहित प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने समर्थन पनि फिर्ता लिएका छन् । रास्वपा भने यसअघि नै सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको छ ।

सोमबारको बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल गरेको छ । बैठकले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाउने अख्तियारी सहमहामन्त्री बुर्लाकोटीलाई दिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेको तर पार्टीले पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइ नसकेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा