"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखरा-आँबुखैरहनी सडक निमार्णका लागि रातको समयमा बन्द हुने

प्रकाशित मिति :  28 February, 2023 9:25 pm


तनहुँ । बुधबारबाट राति १२ बजेदेखि बिहान ४ बजेसम्म पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा खण्ड बन्द हुने भएको छ। सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि रातिको समयमा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले जानकारी दिए।

तीन वर्षमा काम सक्नेगरी सम्झौता भए पनि यो सडक खण्डमा कामको गति असाध्यै सुस्त हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन्।  ट्राफिक जामको समस्या झेलिरहेका छन्। अहिले सडक विस्तारका लागि भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने कामहरू भइरहेका छन्। 

सम्झौताअनुसार काम भए पृथ्वी राजमार्गको तनहुँमा पर्ने आँबुखैरहनी–जामुने (पहिलो खण्ड) खण्डको काम २०८१ सालको वैशाखभित्रमा सकिनुपर्छ। तनहुँको जामुनेदेखि कास्कीको पोखरा(दोस्रो खण्ड)सम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ। आधाभन्दा बढी अवधि गुज्रिसक्दा आँबुखैरहनी–जामुने खण्डको काममा १५.५ र जामुने–पोखरा खण्डको काममा ४.१ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा राजमार्ग विस्तारको काम चलिरहेको हो। ८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर आँबुखैरहनी–पोखरा सडक विस्तार थालिएको हो। यसको अहिलेसम्मको समग्र भौतिक प्रगति करिब १० प्रतिशत छ।

आँबुखैरहनी–जामुने खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले र जामुने–पोखरा खण्डको ठेक्का चाइनाकै अन्हुई काइयुनले पाएका छन्। पहिलो खण्डका लागि ६ अर्ब २१ करोड र दोस्रो खण्डका लागि ७ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले