"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले बोलायो आठ दलका सांसदको भेला

प्रकाशित मिति :  1 March, 2023 6:37 pm


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सांसद्हरूलाई अभिमुखीकरण गर्ने भएको छ । २५ फागुनमा हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी छ ।

सांसदहरूसँग फागुन १९ गते अन्तर्क्रिया गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनकाअनुसार फागुन १९ गते सातै प्रदेशमा गएर प्रदेश सभा सदस्यहरूसँग छलफल गरिनेछ। कांग्रेसका पदाधिकारीहरूलाई प्रदेशमा खटाइने र राष्ट्रपतिमा पौडेललाई समर्थन गरेका अरू ७ दलका प्रतिनिधि पनि अन्तर्क्रियामा जाने र सम्बोधन गर्ने निर्णय भएको महतले बताए।

पौडेललाई नेकपा माओवादी केन्द्रसहित सात राजनीतिक दलले समर्थन गरेका छन् । कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनका आठ वटै दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई एकै ठाउँमा राखेर अभिमुखीकरण गर्न लागेको हो ।

मुख्यसचिव एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले आठवटै दलका सांसदहरूलाई बिहीबार राष्ट्रपति निर्वाचन केन्द्रीय अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी दिए । काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा हुने कार्यक्रममा आठ दलका नेताहरूले सम्बोधन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा