"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् बैठक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका पछि बस्ने

प्रकाशित मिति :  1 March, 2023 6:43 pm


काठमाडौं। सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ । प्रतिनिधि सभाको १४ औँ बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताउनुभयो । उहाँले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेण्ट्री युनियन (आईपियु) को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको जानकारी दिए ।

‘‘बैठक स्थगितभन्दा पनि यो बैठक बस्ने दिन र समय परिवर्तन भएको हो । आजका लागि निर्धारित भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गते दिनको १ बजे बस्नेगरी दिन र समय परिवर्तन भएको हो । सभामुखको निर्देशानुसार यस सम्बन्धी सूचना हामीले नियमानुसार टाँस गरिसकेको अवस्था छ ।,’’

प्रवक्ता गिरीले भन्नुभयो, ‘‘लगत्तै आउँदै गरेको फागुपूर्णिमा, नारी दिवस, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सभामुखको छिट्टै हुने आईपियुको भिजिटलगायतका कारणले चैत्र ५ गते तोकिएको हो । सभामुख आईपियुको सम्मेलनमा भाग लिन फागुन २६ गते त्यसतर्फ जाने कार्यक्रम रहेकाे छ ।’’

प्रवक्ता गिरीले लगत्तै फागुपूर्णिमा, नारी दिवस लगायतका दिनहरू परेकाले पनि बैठक तत्कालै राख्न नसकिने अवस्था रहेको उल्लेख गराए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले ‘होल्डिङ सेन्टर’ मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै