"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् बैठक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका पछि बस्ने

प्रकाशित मिति :  1 March, 2023 6:43 pm


काठमाडौं। सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ । प्रतिनिधि सभाको १४ औँ बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताउनुभयो । उहाँले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेण्ट्री युनियन (आईपियु) को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको जानकारी दिए ।

‘‘बैठक स्थगितभन्दा पनि यो बैठक बस्ने दिन र समय परिवर्तन भएको हो । आजका लागि निर्धारित भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गते दिनको १ बजे बस्नेगरी दिन र समय परिवर्तन भएको हो । सभामुखको निर्देशानुसार यस सम्बन्धी सूचना हामीले नियमानुसार टाँस गरिसकेको अवस्था छ ।,’’

प्रवक्ता गिरीले भन्नुभयो, ‘‘लगत्तै आउँदै गरेको फागुपूर्णिमा, नारी दिवस, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सभामुखको छिट्टै हुने आईपियुको भिजिटलगायतका कारणले चैत्र ५ गते तोकिएको हो । सभामुख आईपियुको सम्मेलनमा भाग लिन फागुन २६ गते त्यसतर्फ जाने कार्यक्रम रहेकाे छ ।’’

प्रवक्ता गिरीले लगत्तै फागुपूर्णिमा, नारी दिवस लगायतका दिनहरू परेकाले पनि बैठक तत्कालै राख्न नसकिने अवस्था रहेको उल्लेख गराए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ — प्रतिनिधिसभाको हठात् भएको विघटनसँगै ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका ती

काठमाडौँ – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ। सभाको बुधबारको

काठमाडौँ- सांसदहरूले चाडपर्व निजिकिएसँगै यातायत सहज रूपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। दसैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको चापको मध्यनजर गर्दै