"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति भण्डारी इशारामा चल्नुभएको उपाध्यक्ष अर्यालको आरोप

प्रकाशित मिति :  2 March, 2023 2:08 pm


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छिन् । बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

एमालेले जुनकुनै विधेयक लगे पनि पास गर्ने, तर अन्य पार्टीले लगेको विधेयक पास नगर्ने गतिविधिहरूका कारण राष्ट्रपति एमालेको मात्रै जस्तो देखिएको उनको टिप्पणी छ । नागरिकता विधेयक संसदबाट दुईपटक पास गरेर लैजाँदासमेत राष्ट्रपतिले फर्काउनु गलत भएको उपाध्यक्ष अर्यालले प्रस्ट पारिन् ।

‘यहाँ कस्ताकस्ताले नागरिकता पाए त्यो वेलामा । हाम्रै देशका सन्तानले पाउनुभएको छैन । दुई–दुईपटक पठाउँदा फर्काउनुभयो राष्ट्रपतिले । त्यो पीडादायी छ । कसको इसारामा फर्काउनुभयो ? राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ । एकपटक फर्काउनु ठीक छ, तर दोस्रोपटक पठाएपछि पनि फर्काउनु भनेको संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ र ?’ उनले भनिन् ।

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेको बताइन् । उनले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पार्टीभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्चतामा राखेर काम गर्नुपर्ने प्रस्ट्याइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा