"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिमा नेम्वाङलाई मतदान गर्न नेकपा एसलाई आग्रह

प्रकाशित मिति :  2 March, 2023 2:19 pm


काठमाडौँ ।  नेकपा एमालेका दोस्रोस्तरका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी कार्यालय पुगेर भेटेका छन्। राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई मतदान गर्न अनुरोध गर्दै एमालेका नेताहरूले नेपाललाई भेटेका हुन्।

केही बेरअघि नेपाललाई भेट्न एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पार्टी कार्यालय पुगेका थिए।
उनीहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्षसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलसँग छलफल गरेका थिए। भेटमा एमाले नेताले नेपाललाई मत हाल्न आग्रह गरेका थिए।

नेम्वाङलाई मत माग्न आजै एमाले नेताहरू अन्य नेताकामा समेत पुग्दैछन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार दिउँसो १ बजे बसुन्धारास्थित कार्यालय पुगेर भेटवार्ता गर्ने र राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्ने कार्यक्रम तय भएको छ। नेम्वाङसँगै नेता योगेश भट्टराईलगायत रास्वपा कार्यालयमा जानेछन्।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग बिहीबार दिउँसो २:३० बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर नेम्बाङसहित नेता योगेश भट्टराईलगायतले भेटवार्ता गर्ने कार्यक्रम छ। एमालेले राष्ट्रपतिमा मत माग्दै अभियान थालेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन

काठमाडौं – सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

काठमाडौँ — नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट