"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिमा नेम्वाङलाई मतदान गर्न नेकपा एसलाई आग्रह

प्रकाशित मिति :  2 March, 2023 2:19 pm


काठमाडौँ ।  नेकपा एमालेका दोस्रोस्तरका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी कार्यालय पुगेर भेटेका छन्। राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई मतदान गर्न अनुरोध गर्दै एमालेका नेताहरूले नेपाललाई भेटेका हुन्।

केही बेरअघि नेपाललाई भेट्न एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पार्टी कार्यालय पुगेका थिए।
उनीहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्षसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलसँग छलफल गरेका थिए। भेटमा एमाले नेताले नेपाललाई मत हाल्न आग्रह गरेका थिए।

नेम्वाङलाई मत माग्न आजै एमाले नेताहरू अन्य नेताकामा समेत पुग्दैछन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार दिउँसो १ बजे बसुन्धारास्थित कार्यालय पुगेर भेटवार्ता गर्ने र राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्ने कार्यक्रम तय भएको छ। नेम्वाङसँगै नेता योगेश भट्टराईलगायत रास्वपा कार्यालयमा जानेछन्।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग बिहीबार दिउँसो २:३० बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर नेम्बाङसहित नेता योगेश भट्टराईलगायतले भेटवार्ता गर्ने कार्यक्रम छ। एमालेले राष्ट्रपतिमा मत माग्दै अभियान थालेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा