"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अब संसद्को प्रतिपक्ष बेञ्चमा एमाले कि कांग्रेस ?

प्रकाशित मिति :  2 March, 2023 2:40 pm


काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको थियो। तर, २ घण्टाअघि संघीय संसद् सचिवालयले बैठक स्थगित भएको सूचना जारी गर्‍यो। कारण- नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिपक्षी बेन्चमा गरेको दाबी।

पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पुस २५ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेस निरन्तर प्रतिपक्षी बेन्चमा बस्दै आएको छ।

आफूहरू विगतदेखि नै प्रतिपक्षमा रहेको र सरकारमा समेत सहभागी नभएको भन्दै कांग्रेसले बुधबार पनि प्रतिपक्षी बेन्चमै बस्ने अडान कायमै राख्यो। एमालेले पनि प्रमुख प्रतिपक्षी आफू भएको दाबी गर्दै कांग्रेसको ठाउँ लिने भन्यो।

विवाद समाधान नभएपछि प्रतिनिधिसभाको बैठक १८ दिन पर सरेको छ। अर्थात् विपक्षी दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी सुरुदेखि छ। यसैमा थपिएका छन्– एमाले अध्यक्ष केपी शर्मा ओली। देउवाको दाबीविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ।

दुई ठूला दलले प्रतिपक्षी बेन्च रोजेपछि बुधबार प्रतिनिधिसभाको बैठक बस्न सकेन। त्यसपछि दलहरूसँगको समन्वयमा संसद् सचिवालयले सूचना जारी गरेर बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिदियो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणबस सभामुखले प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ।

त्यो विशेष कारण भनेको कांग्रेस र एमाले दुवै प्रतिपक्षमा बस्न खोज्नु हो। कांग्रेस र एमाले दुवै प्रमुख प्रतिपक्षको बेन्चमा बस्ने अवस्था आएपछि संसद् बैठक स्थगित गरिएको एक नेताले बताए।

पहिले सरकारमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ। एमालेका लीलानाथ श्रेष्ठले आफूहरू संसद् बैठकमा प्रतिपक्षको बेन्चमा बस्ने बताएका थिए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण अब एमाले प्रतिपक्षी बेन्चमा रहन्छ,’ श्रेष्ठले भनेका थिए।

यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पनि प्रतिपक्षको बेन्चमा बस्दै आएको कांग्रेस अहिले आठ दलीय सत्ता गठबन्धनमा छ। राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन्। तर कांग्रेस सरकारमा गइसकेको भने छैन। ‘हामी सरकारमा गएको भए पो सत्तापक्षको बेन्चमा बस्नु,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको