"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लिग टू क्रिकेट : यूएईले नेपाललाई दियो २०८ रनको तार्गेट

प्रकाशित मिति :  2 March, 2023 3:37 pm


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोद्यी यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।

यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । पहिलो ओभरमै ओपनर मुहम्मद वासिमलाई नेपालका करण केसीले बोल्ड गरेपछि आसिफ खानले एक छेउबाट इनिङ्सम सम्हालेका थिए ।

उनले दोस्रो विकेटका लागि भृत्य अरभिन्दसँग ४६ रनको साझेदारी गरे । अरभिन्दले १८ रन जोडे । नेपालका सन्दीप लामिछाने अरभिन्दलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । श्याम ढकालको स्थानमा नेपाली टिममा समावेश भएका सन्दीप बुधबार यूएई गएका थिए । उनी अघिल्लो खेलमा पपुवा न्युगिनी विरुद्ध डेब्यु गरेका प्रतिश जिसीको स्थानमा प्लेइङ सेटमा खेलेका थिए ।

यस्तै आसिफ खानले तेस्रो विकेटका लागि कप्तान सिपी रिजवानसँग ४३ रनको साझेदारी गरे । २२ रन बनाएका कप्तान रिजवानलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याच आउट गराए । आसिफले ३७औं ओभरमा आउट हुनुअघि रोहन मुस्ताफासँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे । आसिफ खानले ९९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

उनलाई सन्दीपले करण केसीबाट क्याचआउट गराए । त्यसपछि क्रसमा आएका आलिसान शाराफुलाई आसिफ शेखले बोल्ड गरे । मुस्ताफा र आर्यल लाक्राले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै यूएईको स्कोर २०० पुर्‍याएका थिए ।सन्दीपले ४९औं ओभरमा लाक्रालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । लाक्राले २८ रन बनाए । मुस्ताफाले अन्तिमसम्म खेल्दै ७६ बल खेल्दै २ चौका मद्दतमा ५२ रन बनाए । अन्तिम ओभरमा यूएईका दुई खेलाडी रनआउट भए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट