"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

प्रकाशित मिति :  2 March, 2023 6:50 pm


काठमाडौँ । नेपालले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई ७ रनले हराएसँगै श्रीलंका हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो।

जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएई ४८ ओभरमा अलआउट भयो। नेपालको जितमा ४८ ‌ओभरको अन्तिम तीन बलमा विकेट लिँदै दिपेश कडेँलले ह्याट्रिक गरे। श्रीलंकामा हुने २०२४ को युवा विश्वकपका लागि एसिया छनोट प्रतियोगिताबाट एक टिम पुग्ने प्रावधानअनुसार नेपालले अन्तिम खेलमा युएईलाई हराउँदै च्याम्पियन बनेको हो।

अन्तिम खेलअघि नेपाल र युएईले लगातार चार खेलमा जित निकालेर ८-८ अंक जोडेका थिए। जसका कारण जित हात पार्ने टिम विश्वकपमा पुग्ने पक्का थियो। यसअघिका खेलमा नेपाल र युएई दुवै टिमले मलेसिया, सिंगापुर, हङकङ र कुवेतलाई पराजित गरेका थिए। नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको थिएन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाइसकेको थियो।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार