"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

प्रकाशित मिति :  2 March, 2023 6:50 pm


काठमाडौँ । नेपालले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई ७ रनले हराएसँगै श्रीलंका हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो।

जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएई ४८ ओभरमा अलआउट भयो। नेपालको जितमा ४८ ‌ओभरको अन्तिम तीन बलमा विकेट लिँदै दिपेश कडेँलले ह्याट्रिक गरे। श्रीलंकामा हुने २०२४ को युवा विश्वकपका लागि एसिया छनोट प्रतियोगिताबाट एक टिम पुग्ने प्रावधानअनुसार नेपालले अन्तिम खेलमा युएईलाई हराउँदै च्याम्पियन बनेको हो।

अन्तिम खेलअघि नेपाल र युएईले लगातार चार खेलमा जित निकालेर ८-८ अंक जोडेका थिए। जसका कारण जित हात पार्ने टिम विश्वकपमा पुग्ने पक्का थियो। यसअघिका खेलमा नेपाल र युएई दुवै टिमले मलेसिया, सिंगापुर, हङकङ र कुवेतलाई पराजित गरेका थिए। नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको थिएन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाइसकेको थियो।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको