"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  2 March, 2023 7:16 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन् ।

बिहीबार दिउँसो राष्ट्रपति निर्वाचनअघि बनेको आठ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ पुसमा आफूले विश्वासको मत लिने दिन एमाले अध्यक्षले प्रतिनिधिसभा विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूलाई आशंका भएको बताए ।

‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो । हामी संसद विघटनको विपक्षमा थियौँ । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ’ उनले भने ।

प्रचण्डले राष्ट्रपति निर्वाचनमा प्रभु शाहको आम आदमी पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको पनि समर्थन रहेको बताए ।

आफूले नेपाली कांग्रेससहित दलबाट विश्वासको मत पाएपछि कांग्रेस उम्मेदवारलाई राष्ट्रपति प्रस्ताव गर्न एमाले अध्यक्ष ओलीलाई भनेको तर उनले नमानेको प्रधानमन्त्री प्रचण्डले बताए । ‘बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ । तपाई र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाऔं । तर, उहाँले मान्नुभएन’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा