"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्ववियुको निर्वाचन प्रक्रिया आजबाट सुरु, यस्तो छ कार्यतालिका

प्रकाशित मिति :  3 March, 2023 11:29 am


काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ। चैत ५ मा हुने त्रिभुवन विश्वविद्यालयस्तरीय स्ववियु निर्वाचनमा निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार(आज) अपराह्न ३ बजेभित्र दर्ता गर्नु पर्नेछ।
देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ।
फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ।

नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्र दाबी विरोध गर्न पाइने छ। दाबी विरोधमाथि छानबिन गरेर त्यही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए।

उनकाअनुसार फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ। साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्र प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ। साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ। त्यही ही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्देशनालयले जनाएको छ। बिहान ८ बजेदेखि निर्वाचन हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा