"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आठ दलीय गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति :  5 March, 2023 12:28 pm


काठमाडाैँ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज (आइतबार) ८ दलीय गठबन्धनको बैठक बस्दैछ। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्ने भएको हो।

बैठकमा गठबन्धनमा रहेका अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ। फागुन २५ मा राष्ट्रपतिको र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाइएको छ। एमालेका तर्फबाट भने सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन्।

नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन

काठमाडौं – सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

काठमाडौँ — नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट