"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आठ दलीय गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति :  5 March, 2023 12:28 pm


काठमाडाैँ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज (आइतबार) ८ दलीय गठबन्धनको बैठक बस्दैछ। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्ने भएको हो।

बैठकमा गठबन्धनमा रहेका अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ। फागुन २५ मा राष्ट्रपतिको र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाइएको छ। एमालेका तर्फबाट भने सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन्।

नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा