"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति निर्वाचन सन्दर्भमा एमालेको अभिमुखीकरण कार्यक्रम

प्रकाशित मिति :  6 March, 2023 4:18 pm


काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचन सन्दर्भमा सोमबार अभिमुखीकरण कार्यक्रम गरेको छ । राष्ट्रपतिका उम्मेदवार पूर्व सभामुख एवम् एमाले उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको निजी सचिवालयका अनुसार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम जारी रहेको छ ।

अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित देशैभरका एमाले सांसद सहभागी हुनुहुन्छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा फागुन २२ गते सोमबारको मध्यरातिदेखि प्रचारप्रसारमा निषेध अवधि तोकिएको छ । राष्ट्रपति पदमा एमालेका नेम्वाङ र पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा