"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति निर्वाचनमा भाग लिने/नलिने बोरमा राप्रपाले २४ गतेको बैठकमा निर्णय लिने

प्रकाशित मिति :  7 March, 2023 12:17 pm


काठमाडौँ । नौ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलसहित गठबन्धनका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग भेटवार्ता गरेका छन्।

यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा गठबन्धनका साझा उम्मेवार पौडेललाई भोट माग्न सोमबार साँझ गठबन्धनका नेताहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए।

भेटमा राप्रपा नेताहरूले आगामी फागुन २४ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय लिने जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता दीपक खड्काले बताए।

राप्रपा नेताहरूले राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारे टुंगो लगाएपछि नोक्सान नहुने गरी निर्णय लिने बताएका छन्। त्यही अवसरमा राप्रपा नेताहरूले गठबन्धनबाट राष्ट्रपति पदमा साझा उम्मेदवार बनेको भन्दै पौडेललाई शुभकामना व्यक्त गरेका थिए।

भेटमा राष्ट्रपति उम्मेदवार एवं कांग्रेसका वरिष्ठ नेता पौडेलसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, दीपक खड्का, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ लगायतको सहभागिता थियो।

राप्रपा तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, दीपक बोहरा लगायत सहभागी थिए।

राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ। कांग्रेसबाट पौडेल र नेकपा (एमाले) बाट सुवास नेम्वाङ उम्मेदवार छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा