"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिमा मत दिने बारे रास्वपाले निर्वाचनकै दिन टुंगो लगाउने

प्रकाशित मिति :  7 March, 2023 2:47 pm


काठमाडौं । संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति निर्वाचनमा आफ्नो दलको मत बारेमा निर्वाचनकै दिन टुंगो लगाउने भएको छ । राष्ट्रपति निर्वाचनमा रास्वपाको दुई हजार चार सय ५० मतभार छ । २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदै छ । स्रोतका अनुसार रास्वपा नेताहरूले गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने गरी परामर्श गरेका छन् ।

भावी राष्ट्रपति निर्वाचनका लागि दुई उम्मेदवार आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले सबैजसो दलसँग मत मागेका छन् ।

रास्वपाको मत सुरक्षित गर्न पौडेल र नेम्वाङले भेटघाट गर्दै मत दिन आग्रह गरिसकेका छन् । तर, रास्वपाका नेताले पौडेल र नेम्वाङ कसैलाई पनि ठोस वचन दिएका छैनन् । दुवै उम्मेदवारले ती दलका मत आफूलाई आउने अपेक्षा गरेका छन् ।

रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेकाले उसले गठबन्धनका उम्मेदवार पौडेललाई मत दिने आठ दलका नेताहरूको विश्वास छ । सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिए पनि राप्रपा एमालेको उम्मेदवारको समर्थक र प्रस्तावक नरहेकाले उसले पनि आफूहरूलाई मत दिने आठदलीय गठबन्धनको अपेक्षा छ ।

अर्कोतर्फ सुरुमा रास्वपालाई गृह मन्त्रालय दिलाउन र रवि लामिछानेको राजीनामापछि पुनः सो मन्त्रालय उसैलाई दिनुपर्ने अडान लिएकाले रास्वपाले आफ्नो उम्मेदवारलाई मत दिने एमालेको विश्वास छ । गत मंसिरको निर्वाचन मिलेर लडेको र अहिले दुवै दल सरकारबाहिर रहेकाले राप्रपाले पनि सहयोग गर्ने एमालेको बुझाइ छ ।

अर्को संसद्को पाचौँ शक्ति राप्रपाभित्र ‘नो भोट’ वा गठबन्धनका उम्मेदवारलाई मत दिने दुई विकल्पमा छलफल जारी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा