"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई गोप्य मत दिने रास्वपा निर्णय

प्रकाशित मिति :  9 March, 2023 1:24 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ। रास्वपा कार्यालय बिहीबार बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले मतदान सकिनु दुई घन्टाअघि पौडेललाई मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए। 

पार्टीले आधिकारिक रूपमा भने कसलाई मत दिने कुरा सार्वजनिक गरेको छैन। बैठकपछि सेतोपाटीसँग कुराकानी गर्दै रास्वपा उपसभापति तथा संसदीय दलका नेता डिपी अर्यालले पार्टीका सबै सांसदले एकै उम्मेदवारलाई मत दिने निर्णय गरेको तर आचार संहिताका कारण सार्वजनिक रूपमा भन्न नमिल्ने बताए। 

रास्वपाका प्रतिनिधि सभामा १९ जना सांसद छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा