"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माधव र प्रचण्ड प्रतिक्रियावादीको सेवामा समर्पित भए : केपी शर्मा ओली

प्रकाशित मिति :  10 March, 2023 5:05 pm


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित भएर लागिपरेको आरोप लगाएका छन्। विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकीर थियो।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्क समेत गरे।

अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेईमानी गरेको बताए। उनले खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरेका छन्। निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीले सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोही अनुसारको अघि बढ्न खेलाडीको ध्यानाकर्षण गराए।

‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं। फउल खेल्नेले दुई तिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए। दुई तिहाईको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए’, उनले भने, ‘विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीलाई बुझाउने दुष्चेष्टा गरे। तर तिनीहरुले वास्तविक सफलता हासिल गर्न सकेनन्।’

उनले हरेक क्षेत्रमा सबैले इमान्दार हुनुपर्ने तर्क गरे। ‘क्रिएसनमा सफलता प्राप्त गर्नका लागि अभ्यासद्वारा श्रेष्ठता हासिल गर्नु पर्दछ । श्रेष्ठता हासिल बेइमानीले हुँदैन । इमान्दार प्रयासबाट हुन्छ । त्यसकारण मैले सुरुमै भने सफलताको पूँजी, सफलताको रहस्य इमान्दार प्रयास हो,’ उनले भने। अध्यक्ष ओलीले एम्बाप्पे, मेसीजस्ता खेलाडीहरु नेपालमा पनि हुनसक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए।

उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वास समेत व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा