"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी

प्रकाशित मिति :  11 March, 2023 12:09 pm


काठमाडौँ। सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुबीचसहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन्।

जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तयारी भएको छ। गठबन्धनका दलले उपराष्ट्रपतिमा महिला खोजेसँगै जसपाले प्रमिला यादवको नाम पनि अघि बढेको थियो। निर्वाचन आयोगले महिला अनिवार्य भनेसँगै जसपा अप्ठ्यारोमा परेको छ।

जसपाको केन्द्रीय कार्यकारिणी बैठकले भने रामसहाय यादवलाई उठाउने निर्णय गरेको थियो। तर गठबन्धनमा सहमति नहुँदा जसपाबाटै दुई उम्मेदवार बन्ने सम्भावना छ।

उपराष्ट्रपतिको मनोनयन आजै रहेको छ। यही कारण आज मनोनयन दिने र भोलिसम्ममा सहमति गर्ने बैठकले निष्कर्ष निकालेको हो। जसपाले दुईजनाको मनोनयन दिए उपराष्ट्रपतिका उम्मेदवार चार पुग्नेछन्। यता प्रतिपक्षी एमालेले पनि अष्टलक्ष्मी शाक्यलाई उठाउने भएको छ। जसपाको नाममा सहमति नभएसँगै अध्यक्ष उपेन्द्र यादव आन्तरिक तयारीमा जुटेका छन्।

अहिले जसपाको कार्यकारिणी बैठक पनि बसिरहेको स्रोतको दाबी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा