"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  11 March, 2023 6:05 pm


काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरी शक्तिशाली कम्युनिष्ट केन्द्र बन्ने बताउनुभएको छ।आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताउनु भएको हो।

प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने खुलासा गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले माओवादी धाराका कम्युनिष्ट घटकबीच समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको र त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने बताउनुभयो।

एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा रहेपनि त्यस पार्टीभित्रका अधिकांश नेता कार्यकर्ताहरु पार्टी एकताकै पक्षमा रहेको उहाँको दावी छ। एमालेभित्र ठूलो पंक्ति वामपन्थीहरूको एकताकै पक्षमा रहेको दोहोराँउदै उहाँले हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ रहेको जिकिर गर्नुभयो।

प्रधानमन्त्री ‘प्रचण्ड’ले त्यो प्रवृत्तिलाई पराजित गर्दै फेरि एकताका निम्ति बहस गर्ने बेला आएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा