"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

प्रकाशित मिति :  15 March, 2023 2:51 pm


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन्। शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन्।

प्रचण्डले विश्वासको मत लिएपश्चात मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनबाट मन्त्रीका आकांक्षी बढ‍ेसँगै प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका हुन्।

सत्तारुढ मुख्य घटकसहित साना दलले मालदार मन्त्रालयको खोजीमा छन्। यसैको असरले प्रचण्डले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्ने भएका हुन्। नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेसँगै मन्त्रिपरिषद्को संख्या प्रधानमन्त्रीसहित ७ सदस्य छ। नयाँ मन्त्री नियुक्त गर्न नसक्दा अधिकांश मन्त्रालय मन्त्रीविहीन बनेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार