"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि र बालेनलाई मोदीको बधाई

प्रकाशित मिति :  9 March, 2026 11:24 pm


काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन वार्ता गरेका छन्।

टेलिफोन वार्तामा मोदीले दुवै नेताहरूको जित र रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएका थिए।

मोदीले नेपालमा गठन हुन लागेको नयाँ सरकार र रास्वपाको उदयलाई स्वागत गर्दै आगामी कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन्। कुराकानीका क्रममा उनले नेपालको विकास, स्थिरता र द्विपक्षीय साझा हितमा भारतको सदैव साथ रहने उल्लेख गरे।

मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई विश्वास छ कि हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ हासिल गर्नेछ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुरक्षित पुनःस्थापना सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा